अप्रिल 12, 2025

सरकारले वार्ताका लागि वार्ता टाेली निर्धारण गरेपछि विप्लव समूहले पनि थाल्याे टाेली गठनकाे तयारी

 764,860 total views,  171 views today

१८ फागुन २०७७, काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकाे नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता गर्न टोली गठनको तयारी गरेको छ । सरकारले विप्लव समूहसँग वार्ता गर्न टाेली गठन गरेपछि विप्लव समूहले पनि टाेली गठनकाे तयारी थालेकाे हाे ।

विप्लव समूहका नेताहरुका अनुसार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वमा उदय चलाउने ‘दीपक’ सदस्य रहेको दुई सदस्यीय टोली गठनको तयारी भएको हो । आज साँझसम्म विज्ञप्तिमार्फत यसको जानकारी विप्लव समूहले दिने तयारी गरेको बताइएको छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता टोली बनाएको छ ।