अप्रिल 12, 2025

पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

 765,007 total views,  318 views today

नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

उनकाे अवस्था गम्भीर रहेकाे उपचारमा संलग्न डा. राजीव झाले बताएका हुन् । झाका अनुसार जाेशीकाे रक्तचाप कम भएकाले बढाउने औषधि दिइएको छ।

उनलाई बिहीबार राति मस्तिष्कघात भएको थियो । जोशीलाई देब्रे अंग बाउँडिन थालेपछि बिहीबार राति वीर अस्पतालमा लगिएको थियो। वीरमा केहीबेर उपचारपछि जोशीलाई शुक्रबार बिहान नर्भिक लगिएको थियो। उनी त्यतिबेला बेहोस थिए।

सिटिस्क्यान गर्दा उनलाई मस्तिष्कघात भएको नर्भिकले जनाएको छ। त्यसपछि जोशीलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर डा. झाको टोलीले उपचार सुरु गरेकाे थियो।

जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ।