765,008 total views, 319 views today

१३ फागुन २०७७, काठमाडौं
महेन्द्र नारायण मेमोरियल अस्पताल पुर्णतः समाज र देशकाे लागि समर्पित रहेकाे नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रस्ट्याएका छन् ।
उपसभापति विमलेन्द्र निधिले महान त्यागी तथा गन्धीवादी नेता स्व. महेन्द्र नारायण निधिकाे नाउँमा सञ्चालित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालकाे भवनकाे उद्घाटन तथा महेन्द्र नारायण निधिकाे प्रतिमा अनावरण कार्यक्रममा बाेल्दै गाैसालमा भाडाकाे जग्गा तथा भाडाकै भवनमा प्रारम्भ गरिएकाे अस्पतालकाे अाफ्नै जग्गामा अाफ्नै भवन निमार्ण हुन सकेकाेमा खुसी व्यक्त गरे ।
महेन्द्र नारायण निधिकाे ९९ अाैैं जन्मजयन्तिकाे अवसर पारेर अाज अस्पतालकाे उद्घाटन तथा प्रतिमाकाे अनावरण गरिएकाे हाे । भानुभक्त ढकाल संस्थापक अध्यक्ष तथा कृष्ण थापा मगर वर्तमान अध्यक्ष रहेकाे महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा अस्पताल निर्माण गरिएकाे हाे ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार