766,161 total views, 274 views today

७ फागुन २०७७, काठमाडौं
सरकारले शुक्रबार प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरेको विषयलाई लिएर नेपाली कांग्रेसले विराेध गरेकाे छ ।
‘अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो।’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ।’
निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले संसद् विघटनको असंवैधानिक कदमपछि कामचलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति गर्न नमिल्ने बताएको छ।
विज्ञप्तिमा स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिइएको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई