766,221 total views, 334 views today

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता डा. लोकनाथ भुसालले विज्ञप्ति जारी गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास गरेकाले अब १८ महिनासम्म ट्रायल (प्रयोगात्मक) परीक्षा दिन पाइने जानकारी दिएका हुन्।
लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीन पटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने नियम आइतबार परिवर्तन गरिएको विभागले जनाएको छ।
‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो’, विज्ञप्तिमा भनिएको छ।
सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजस्व तिर्नुपर्ने, राजस्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको हो।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान