अप्रिल 19, 2025

आफू मधेस तथा देशको विकासको संकल्प लिएर अगाडि बढिरहेको प्रधानमन्त्रीकाे भनाई

 766,275 total views,  37 views today

माघ १९, जनकपुरधाम

धनुषाको ढल्केवरमा मुलुककै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन उद्घाटनपछि प्रधानमन्त्री ओलीले आफू मधेस तथा देशको विकासको संकल्प लिएर अगाडि बढिरहेको बताएका छन्।

आफूविरुद्ध मधेस विरोधी रहेको हल्ला फैलाइएको भन्दै ओलीले आफू मधेस विकासको अठोटका साथ अगाडि बढिरहेको बताएका हुन् ।

उनले भने, मलाई मधेसविरोधीको रुपमा यहाँ चित्रण गरिएको छ, मलाई मधेस विरोधी भन्नेहरुलाई चुनौती दिन चाहन्छु, मैले जति गरेको विकास मधेसमा गरेर देखाउनुस्।’

‘आफूलाई मधेस विरोधी भन्ने नेताहरुले डुमको छोरा वा चमारको छोरालाई काँधमा बोकेर हिँडेको देख्नुभएको छ? मधेसप्रेमी हुनुहुन्छ भने काँधमा उठाएर देखाउनुस्। खोक्रा नारा लगाएर हुँदैन, काम गरेर देखाउनु पर्छ ।’ प्रधानमन्त्री ओलीले भने।