अप्रिल 18, 2025

नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड हुन् : रावल

 766,107 total views,  220 views today

माघ १८, धनगढी

प्रचण्ड-नेपाल समूहकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको कार्यकारी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नभएर प्रचण्ड रहेको बताका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी गरिरहेको आरोप पनि लगाएका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम इञ्चार्ज समेत रहेका रावलले कार्यकारी प्रधानमन्त्री भनेर ओलीले राजनीतिक नैतिकताको हेक्का नराखी मनमौजी गरेको आरोप लगाएका हुन्।

रावलले नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले स्पष्ट निर्णय लिनुपर्ने बताए। उनले निर्वाचन आयोगले लोकतन्त्रको मूल्यअनुसार बहुमत पक्षलाई न्याय गर्ने विश्वास व्यक्त गरे। बहुमतलाई नमान्ने हो भने निर्वाचन किन चाहियो उनले भने, ‘हामी ४४१ केन्द्रीय सदस्यको ७० प्रतिशतलाई आयोगमा उपस्थित गराएर सनाखत गर्न तयार छौँ।’ सर्वोच्च अदालतले पनि संविधानमा नभएको विषयलाई मान्यता दिँदैन भन्ने विश्वास रहेको उनले बताए।