764,854 total views, 165 views today

माघ १४, काठमाडौं
अाज देशभर सातै प्रदेशका विभिन्न ठाँउमा काेराेना विरुद्धकाे खाेप लगाउन सुरु गरिएकाे छ ।
भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लगाउन आज सुरू गरिएकाे हाे ।
पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि खटिएका फ्रन्टलाइनर्स (स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविका) का लागि खोप लगाइनेछ।
भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको थियाे ।
काठमाडौंमा प्रधानमन्त्री केपी ओली तथा प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरुले खोप अभियानको उद्घाटन गरेका छन्।
पहिलो खोप टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले लगाएका छन्। प्रदेश २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई पहिलो खोप दिइएको छ।
प्रदेश १ मा दुईजना डाक्टरलाई दिइएको छ। अन्य प्रदेशमा पनि स्यास्थ्यकर्मीलाई पहिलो खोप लगाइएको छ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान