अप्रिल 19, 2025

संसद् ५ वर्ष जागिर खाने ठाउँ हाेइन : प्रधानमन्त्री ओली

 766,756 total views,  518 views today

माघ ११, काठमाडौं

आइतबार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका संस्थाहरुले गरेको अन्तर्किया कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् ५ वर्ष जागिर खाने ठाउँ नभएको टिप्पणी गरेका छन्।

उनले संसद विघटन अलोकतान्त्रिक र संविधानविपरीत भयो भन्नेलाई लोकतन्त्र विरोधी, संविधान विरोधी, देश विरोधी तथा जनविरोधीको संज्ञा समेत दिए ।

‘संसदमा ५ वर्ष जागिर खानुपर्छ भन्नेहरु छन्। सांसद भनेको जागिर हो ?’ उनले भने, ‘उनीहरुको तर्क संसदमा ५ वर्ष जागिर खानुपर्छ भन्ने छ । यो जागिर होइन ।’

अपांगता भएका व्यक्तिहरुका लागि सरकार सधैं साथमा रहेको उनले बताए। साहित्यकार झमक घिमिरेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले अपांगता भए पनि केही गर्न चाहनेका लागि सरकारले मनोबल बढाउन सहयोग गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो सडकभरी बालबालिका हुने गर्थे, जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए। अहिले सडकमा खाते छैनन्। अहिले सरकार छ, कुनै नेपालीका छोराछोरीलाई खाते हुन दिइँदैन।’