अप्रिल 16, 2025

पछिल्लो २४ घण्टामा थप ३८३ काेराेना संक्रमणमुक्त, थप ३१८ काेराेना संक्रमण पुष्टि

 765,411 total views,  144 views today

माघ ७, काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर थप ३८३ जना संक्रमणमुक्त भएका छन् भने थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकमा उल्लेख गरिएकाे छ ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ। हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको छ।