अप्रिल 19, 2025

संविधानको हत्या भएको भन्दै नेवी संघले गर्‍यो ‘मलामी प्रदर्शन’

 766,761 total views,  523 views today

माघ ६, काठमाडौं

संविधानको हत्या भएको भन्दै नेपाली कांग्रेसकाे भातृ संगठन नेवी संघले ‘मलामी प्रदर्शन’ गरेकाे छ ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानको हत्या गरेको भन्दै मंगलबार उनीहरुले सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका हुन्।

‘मलामी प्रदर्शन’ गर्ने नेवि संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शनका लागि भेला भएका केही कार्यकर्ताले कपालसमेत खौरिएका थिए।

यसअघि गत बुधबार पनि नेवि संघले मलामी प्रदर्शन गरेको थियो।