अप्रिल 18, 2025

प्रतिनिधिसभा विघटनविरूदका रिटमा आज पनि सुनुवाई

 765,932 total views,  45 views today

माघ २, काठमाडौं

बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आज पनि मुद्दाको सुनुवाइ हुन लागेको हो। इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपनाप्रधान मल्ल छन्। यसअघि हरिकृष्ण कार्कीलाई राखिएको थियो। तर रिट निवेदकहरुको विरोधपछि कार्कीको ठाउँमा मल्ललाई राखिएको हो। प्रतिनिधिसभा विघटनसम्बन्धी १३ वटा रिट संवैधानिक इजलासमा विचाराधीन छन्। मुद्दा संवैधानिक इजलासमा हेर्ने वा बृहत् पूर्ण इजलासमा हेर्ने भन्ने विवाद कायमै छ। कानुन व्यवसायीहरुले बृहत् पूर्ण इजलासमा हेर्नुपर्ने माग गर्दै आइरहेका छन्।