अप्रिल 12, 2025

विषेश कार्यक्रम गरि सेनाले मनायाे पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

 764,919 total views,  230 views today

पुष २७, काठमाडौं

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा नेपाली सेनाले जङ्गी अड्डास्थित पृथ्वीनारायण शाहकाे शालिकमा सलामी तथा सम्मान अर्पण गरेकाे छ ।

साेमबार २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा सेनाले विषेश कार्यक्रम अायाेजना गरि पृथ्वीनारायण शाहलाई सम्मान अर्पण गरेकाे हाे ।

विभिन्न आकर्षक झाँकी सहितको “एकिकरण मार्ग पदयात्रा” हनुमानढोकाबाट प्रस्थान गरी जुद्ध शालिक- न्यूरोड गेट- सैनिक मञ्च- भद्रकाली मन्दिर हुँदै जंगी अड्डा प्रवेश गरेकाे थियाे ।

अाजै प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले “पृथ्वी नारायण शाह अध्ययन केन्द्र” को समुद्‍घाटन समेत गरेकाे सेनाले जानकारी दिएकाे छ ।