अप्रिल 19, 2025

प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभाका सदस्यहरूकाे हस्ताक्षर

 766,736 total views,  498 views today

पुष २७, काठमाडौं

पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य बनेकाहरुलाई हस्ताक्षर गराइने लक्ष्यसहित प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर अभियान सुरु गररिएकाे छ ।

संविधानसभा सदस्य मञ्च, नेपालले हस्ताक्षर अभियान सुरु गरेको मञ्चकी अध्यक्ष कल्पना धमलाले जानकारी दिइन्।

‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने संविधान निर्माणकर्ताहरुको विधायकी मनसाय होइन्,’ उनले भनिन्, ‘त्यही भएर हामीले हस्ताक्षर अभियान सुरु गरेका हौं।’

अहिलेको कदमविरुद्ध हस्ताक्षर गर्न चाहने संविधानसभाका सदस्यहरुको हस्ताक्षर संकलन सकिएपछि राष्ट्रपति र सभामुखलाई उक्त हस्ताक्षर बुझाउने कार्यक्रम राखेको छ धमलाले बताइन् ।

अभियानमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत १८ जना संविधानसभाका सदस्यहरुले हस्ताक्षर गरिसकेका छन्।