अप्रिल 12, 2025

कोरोना विरुद्धको अष्ट्रेलियन खोप नेपालमा परीक्षण गरिँदै

 764,937 total views,  248 views today

काठमाडौँ अस्ट्रेलियन कम्पनी इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) को सहयोगमा चीनमा उत्पादन भएको खोप नेपालमा क्लिनिकल ट्रायल गर्ने तयारी थालिएको छ ।
मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही साताभित्रै नेपालमा आइभीआईको सो खोपको क्लिनिकल ट्रायल शुरू गर्ने बताइएको छ । तेस्रो फेजको क्लिनिकल ट्रायल बिरामीलाई नभई स्वस्थ व्यक्तिमाथि गरिने र त्यसको प्रभावकारिता हेर्ने बताइएको छ ।
नेपालमा कोरोना विरुद्धको खोपको तेस्रो फेजको क्लिनिकल ट्रायल निम्ति तयारी भएपनि सो खोपको फस्ट फेज र सेकेण्ड फेज ट्रायल यसअघि अष्ट्रेलियामा नै भइसकेको बताइएको छ । यो खोप हाल १२ देशमा क्लिनिकल ट्रायल भइरहेको र त्यसमध्ये नेपाल पनि एक रहेको अधिकारीहरूले बताएका छन् । क्लिनिकल ट्रायलका लागि त्रिवि शिक्षण महाराजगञ्ज र धुलिखेल अस्पताल छनोट भएको अधिकारीहरूले बताएका छन् ।