766,002 total views, 115 views today

पुष १६, पोखरा
नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजना गरिएकाे कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई ठूलो भूमरी, द्वन्द्व र विदेशी शक्ति केन्द्रबाट बचाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् ।
“प्रतिनिधिसभा पुनःस्थापनाले नै नेपाललाई बिग्रहबाट बचाउँछ। र नेपाललाई द्वन्द्वको भूमरी र विदेशी शक्तिकेन्द्रमा फस्नबाट बचाउँछ। ” पैडेलले भने, “अहिलेको अवस्थामा चुनाव हुने अवस्था छैन ।’
प्रधानमन्त्री केपी शर्मा अाेलीलाई तानाशाह, जनमत विरोधी र संविधान तथा लोकतन्त्र विरोधी नेता भएको अराेप लगाउदै पौडेलले अन्तर्राष्ट्रिय शक्ति केन्द्रले नेपाललाई अफगानिस्तान बनाउन खोजेको दाबी गरे।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई