अप्रिल 8, 2025

राष्ट्रिय वाणिज्य बैंकका आठ जना विरुद्ध भ्रष्टाचार मुद्धा

 764,312 total views,  43 views today

पुष १५, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका आठ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको छ ।

अायाेगले तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको हाे ।

शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार भएको आरोप लगाउँदै मंगलबार विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार मुद्धा दायर गरिएको सात जनाविरुद्ध जनही सवा करोड रुपैयाँ बिगो दाबी गरिएको छ भने एक जनाविरुद्ध ७५ लाख रुपैयाँ बिगो दाबी गरिएको गोरखापत्रमा प्रकाशित छ ।