अप्रिल 19, 2025

आन्दोलनमा काठमाडौं आएका उखु किसानको हृदयघातबाट मृत्यु

 766,617 total views,  379 views today

काठमाडौँ – उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही किसान नारायण रायको हृदयघातका कारण मृत्यु भएको छ ।
उनको आज विहान उपचारका क्रममा शहीद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालमा निधन भएको एक किसानले जानकारी दिएका छन् ।
उनी चार दिन अघि मात्र आन्दोलनमा सहभागी हुन काठमाडौं आएका थिए विगत १७ दिनदेखि आन्दोलन किसानलाई २१ दिन भित्र सबै रकम भुक्तानी गर्ने सम्झौता भएपछि हिजो किसानले आन्दोलन स्थगित गरेका थिए ।