766,615 total views, 377 views today

Close-up medical syringe with a vaccine.
पुष १२, काठमाडौं
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतवार नेपाल आइपुगेका हुन्।
उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन्। चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पूरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ। सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन्।
उनीहरुले संक्रमणलाई ध्यान दिई पीपीई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दा सम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ। यसरी चीनबाट सुरक्षा सावधानीसाथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाई नेपाल आउने बाटो खुल्ला भएको छ। कोरोना खोप लगाएका कुनैपनि विदेशी नागरिक नेपाल भित्रिने क्रम बढेमा आगामी दिनमा पर्यटन क्षेत्रपनि लयमा फर्किने पर्यटन व्यवसायीहरु बताउँछन्।
चीनबाट यसपटक कोरोना विरुद्धको खोप लगाएका ५२ जना कामदार नेपाल आएका हुन्। थप कामदार पनि कोरोना खोप लगाएर नेपाल आउने बताइएको छ। -न्युज एजेन्सी नेपाल
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान