अप्रिल 19, 2025

चिनियाँ राजदूत हाेउ यान्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बिच भेटवार्ता

 766,738 total views,  500 views today

पुस ९, काठमाडौं

नेपालकाे लागि चिनियाँ राजदूत हाेउ यान्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बिच भेटवार्ता भएकाे छ ।

दाहाल निकट स्रोतका अनुसार बुधबार बिहान साढे ९ बजे दाहाललाई भेट्न यान्छी खुमलटार पुगेकी थिईन् र उनीहरू बिच करिब २० मिनेट जति छलफल भएको छ ।

दाहालसँग उनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेको बताइएको छ। प्रधानमन्त्रीले संसद विघटन गरेपछि चिनियाँ राजदूत यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिईन्।

नेकपाभित्र देखिएको विवादका समयमा राजनीतिक भेटवार्तामा सक्रिय बन्दै आएकी यान्छीले पछिल्लो पटक नेकपा विभाजनको संघारमा आएपछि पुनः आफ्नो भेटवार्तालाई सक्रिय पारेकाे बुझिएकाे छ ।