766,755 total views, 517 views today

पुष ६, काठमाडौं
संसद विघटनकाे विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लप’ ले विराेध जनाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिवन्धित उनले प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसिवादको सहारा लिएको बताएका छन्।
आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्नेमा जाेड दिएका छन् । साथै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको दाबी गरेका छन्।
‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’
साथै विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको प्रस्ताव समेत गरेका छन्।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई