अप्रिल 12, 2025

पूर्व राजदूत कमान सिङ् लामाकाे मृत्यु

 764,936 total views,  247 views today

मङ्सिर २५, काठमाडौं

काेराेना संक्रमणबाट दक्षिण काेरियाका लागि नेपालका पूर्व राजदूत कमान सिङ् लामाकाे मृत्यु भएकाे छ ।

लामा सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत हुन् ।

१४ दिनअघि कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका उनको बुधबार राति मृत्यु भएको हो ।

लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।

नेता लामा विसं। २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा बिजयी भएका थिए । संविधानसभा विधायकसमेत रहेका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिन्थे।

वौद्धिक व्यक्तिको रुपमा चिनिएका लामा सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।