764,924 total views, 235 views today

मङ्सिर २३, काठमाडौं
नेपाल तथा चीनका प्राविधिक टोलीको संयुक्त प्रशोधनबाट प्राप्त सर्वोच्च शिखर सगरमाथाकाे उचाइ मंगलबार घोषणा भएकाे छ ।
‘ग्लोबल न्याभिगेसन स्याटेलाइट सिस्टम’ को प्रयोग गरी उचाइ नापिएको सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम रहेकाे बताइएकाे छ । नापी विभागको नेतृत्वमा सगरमाथाको उचाइ नाप्ने काम गत जेठमा सकिएको थियो।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सम्झौता भएको थियो।
चीनले पनि गत वैशाखमा सगरमाथाको उचाइ नापेको थियो।
२०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको बताइएको छ। सगरमाथाको यसअघिको उचाइ ८८४८ मिटर हो।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान