अप्रिल 12, 2025

दक्षिण काेरियामा इन्टरनेटमा बालिका र महिलाको यौन भिडिओ बेच्ने गिरोहको नाइकेलाई ४० वर्ष जेल सजाय

 764,855 total views,  166 views today

मङ्सिर ११, दक्षिण काेरिया
रिउटरस्

दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको छ।

जो जू-बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो।

त्यस्ता च्याटरूम कम्तीमा १०,००० जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १,२०० अमेरिकी डलरसम्म तिरेको पत्ता लागेको छ।

उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए।

पक्राउ परेपछि जो जू-बिनले आफू “दुष्ट” भएको स्वीकार गरेका थिए ।

यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको छ।