अप्रिल 19, 2025

बैङ्कका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने पक्राऊ

 766,709 total views,  471 views today

मङ्सिर १०, काठमाडौं

गत असाेज २९ गते काठमाडौंकाे नयाँ बानेश्वरस्थित ग्लाेबल अाईएमई बैङ्कका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङलाई खुकुरी प्रहार गरेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

घटनाका दाेषी काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको जानकारी प्राप्त भएकाे छ ।

ग्लाेबल बैङ्ककाे बानेश्वस्थित शाखामा रकम झिक्न गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहार गर्दा सुरक्षा गार्ड गम्भीर घाईते भएका थिए ।

थापामाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए ।