766,707 total views, 469 views today

मङ्सिर ८, ताप्लेजुङ
प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गरेका छन्।
घुन्सा फाउण्डेशनद्वारा निर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा पुगेका थिए।
भवन उद्घाटअघि उनले नेपाल–चीन सीमा क्षेत्र ओलाङचुङगोलाको हवाई निरीक्षण गरे।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र नेता सुवास नेम्बाङ पनि ताप्लेजुङ पुगेका छन्।
ताप्लेजुङको दुर्गम स्थान घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान