766,028 total views, 141 views today

कार्तिक १८, काठमाडौं
साझा पार्टीले काठमाडौं महानगरपालिकाको खुलामञ्चमा खाना खुवाउन नदिने निर्देशनप्रति विराेध जनाएकाे छ । आज एक विज्ञप्ति मार्फत पार्टीले महानगरको उक्त निर्देशनप्रति विराेध गरेको हो ।
‘‘केही परोपकारी समूहहरूले महिनौंदेखि काठमाडौं खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भत्सना गर्दछ ।’’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएको भन्दै पार्टीले सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत राक्न निर्देशन दिनु अमानवीयताको पराकष्ठा भएको बताएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई