अप्रिल 18, 2025

नेकपाका अध्यक्षद्वयको १२ दिनपछि भेटवार्ता

 766,095 total views,  208 views today

Oli and Prachanda

कार्तिक १५, बालुवाटार

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्वयको १२ दिनपछि भेटवार्ता सुरू भएको छ । कार्तिक ३ गतेदेखि संवादहिन रहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको १२ दिनपछि आज बालुवाटारमा भेट भएको हो ।

कर्णाली प्रदेशमा देखिएको विवादको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबिच भएको विभिन्न चरणको वार्ता कुनै टुङ्गोमा पुग्न नसकेपछि उनीहरू बिच दुरी बढेको थियो ।

यस बिच ओली निकटका नेता अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली विभिन्न समयमा प्रचण्डलाई भेट्न खुमल्टार पुगेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ।