अप्रिल 12, 2025

संयुक्त राज्य अमेरिकामा दैनिक काेराेना संक्रमण संख्यामा नयाँ रेकर्ड

 764,837 total views,  148 views today

वासिङ्टन, अक्टाेबर ३१

संयुक्त राज्य अमेरिकामा दैनिक कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । गत बिहीबार एकै दिन ९१ हजार भन्दा बढी नयाँ संक्रमित भटिए पछि नयाँ रेकर्ड कायम भएको हो ।

१२ वटा राज्य : इलिनोइस्, इन्डियाना, मेन, मिचिगेन, मिनेसाेटा, मिसाैरी, नेब्ब्रास्का, न्यू मक्सिको, उत्तर क्यारोलिना, उत्तर ड्याकोटा, वहिओ, ओर्गनमा एकै दिन रेकर्ड ब्रेक भएकाे रिउटर्स ट्यालीले उल्लेख गरेकाे छ ।

संक्रमण बढेसँगै अस्पताल जाने र मृत्यु हुनेको संख्या पनि बढेको छ । अक्टोबरमा तेस्रो पटक एकै दिन हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

हालसम्म संयुक्त राज्य अमेरिकामा २ लाख २९ हाजर कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यो विश्वको अन्य देशको तुलनामा सबैभन्दा धेरै हो ।

अक्टोबरमा मात्रै अमेरिकामा अस्पताल भर्ना हुनेको संख्या ५० प्रतिशतले बढेको छ । यो मध्य अगष्ट पछिको सबैभन्दा धेरै भएको रिउटर्स ट्यालीले जनाएको छ ।