अप्रिल 19, 2025

आईपीएल क्रिकेट अन्तर्गत आज दुई खेल

 766,689 total views,  451 views today

पहिलो खेल :दिल्ली क्यापिटल्स र कोलकात्ता नाईट राईडर्स र दोस्रो खेलमा:किङ्स–११ पञ्जाब र सनराइजर्स हैदरावाद भिड्नेकार्तिक ०८ गते ।इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार दुई खेल हुँदैछन्।पहिलो खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ मा दिल्ली क्यापिटल्स र कोलकात्ता नाईट राईडर्सबीच युएईको अबुधाविमा हुनेछ।जारी आईपीएलमा १० खेलमध्ये सात खेलमा जित निकालेर १४ अंक जोडेको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा छ। १० खेल खेलेर १० अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ।दिल्लीको कप्तानी श्रेयस यय्यरले गरेका छन् भने कोलकात्ताको कप्तानी इयान मोर्गनले गरेका छन्।यस्तै आजै हुने दोस्रो खेलमा किङ्स–११ पञ्जाब र सनराइजर्स हैदरावाद भिड्ने छन्। खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा दुबईमा हुनेछ।दुबै टोलीले समान १० खेलबाट ८–८ अंक जोडेका छन्। रनरेटको आधारमा हैदराबाद पाँचौँ स्थानमा रहेको छ भने पञ्जाब छैठौँ स्थानमा छ।