Site icon States Khabar

प्रदेश २ को अनुसन्धान व्यूरोसम्बन्धी विधेयक पारित

प्रदेश २ सरकारलाई आफ्नै अनुसन्धान व्यूरो स्थापना गर्ने बाटो खुलेको छ । अनुसन्धान व्यूरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार प्रदेशसभाबाट पारित भएको छ ।

अब प्रदेशप्रमुखले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा जान्छ । विधेयक उपर सांसदले राखेको प्रश्नको उत्तर आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र घटेका वा घट्न सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना संकलन गर्ने, गराउने व्यूरोको प्रमुख कार्य हुने बताए ।

Exit mobile version