भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्कमल दाहालले ९ अर्ब बाँडेर खाएको बताएका थिए।
उक्त खबर बाहिरिएपछि कांग्रेसले आइतबार विज्ञप्ति निकालेर भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो। विज्ञप्तिमा डा.बाबुराम भटराई बुढीगण्डकी ज्वलन्त प्रश्न सम्बन्धि तथ्यमा गहिरो अध्यन र सार्थक पहल गर्नु भन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नुभएको भनिएको छ । हलुका टिप्पनिहरुलाई प्रस्टीकरण दिएर बक्ताव्य जारि गर्ने नेपली काँग्रेस को परम्परा छैन ।तर भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न बिनम्रतापुर्वक चुनौती दीनु हाम्रो कर्तव्य हुनजान्छ भनिएको छ ।