अप्रिल 19, 2025

कांग्रेसले आरोप प्रमाणित गर्न बाबुरामलाई दियो चुनौती

 766,599 total views,  361 views today

भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्कमल दाहालले ९ अर्ब बाँडेर खाएको बताएका थिए।

उक्त खबर बाहिरिएपछि कांग्रेसले आइतबार विज्ञप्ति निकालेर भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो। विज्ञप्तिमा डा.बाबुराम भटराई बुढीगण्डकी ज्वलन्त प्रश्न सम्बन्धि तथ्यमा गहिरो  अध्यन र सार्थक पहल गर्नु भन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नुभएको भनिएको छ । हलुका टिप्पनिहरुलाई प्रस्टीकरण दिएर बक्ताव्य जारि गर्ने नेपली काँग्रेस को परम्परा छैन ।तर भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न बिनम्रतापुर्वक चुनौती दीनु हाम्रो कर्तव्य हुनजान्छ भनिएको छ ।