749,277 total views, 228 views today
महिलाले नै दिएको भोटको आडमा सत्तामा पुग्ने अनि त्यहि शक्तिको दुरुपयोग गर्दै उनीहरुको योनी माथी शासन जमाउने शक्ति धेरै दिन नटीक्ला । आफ्ना कार्यकर्तालाइ प्रशिक्षण दिदा यी बिषयलाइ पनी महत्वका साथ छलफल गर्दा राम्रो ।
“मानिस आफ्नो जैविक भौतिकता पार गर्न सक्षम हुन सक्छ तर महिला आफ्नो शारिरिकतामा समेटिएको छ” ––Simon de Beauvoir को यो भनाईलाइ आधार मानेर महिलाको शरीरमाथिको नियन्त्रणको राजनीति र नेपालमा बलत्कार माथी राजनीतीक संरक्षण सम्बन्धी केहि तथ्य सहित बिश्लेषण गर्ने कोसिस गरिएको छ ।
घटना १ ः १२ वर्षकी किशोरीलाई हजुरबा सरहका ५० वर्षे छिमेकीले घरमा कोहि पनी नभएको मौका छोपी बारम्बार बलात्कार गर्छ । केहि समयपछि ठुलो साहस बटुलेर उनले परीवार मार्फत घटना बाहिर ल्याउँछिन । बिडम्बना समाजका बुद्धिजिबि भनाउदाहरु, दलका झन्डे, झोले र ठेकदारी कार्यकर्ताले छलफल गर्छन, उनको भोगाइको कथा बारम्बार दोहोर्याउन लगाइ स्खलित हुन्छन । रु. ७००० मा केश मीलाउँछन । त्यसपछि बलत्कारीलाइ बलत्कार गर्न सामाजिक लाइसेन्सले ससम्मान गर्छन । अब उनी मानसिक रुपले सामुहिक बलत्कारमा पनी पर्छिन जसलाइ कुनै पनी कानुनले अपराध भनेको छैन ।
घटना २ः केहि समय पछि सोहि लाइसेन्स प्राप्त बलत्कारी तीनै किशोरीको ८ बर्षे बहिनीमाथी जाइलाग्छ । उनले आफ्नो बहिनीलाई त्यहि मान्छेले आफुलाइ जस्तै घृणित कार्य गरेको देख्छीन, चीच्याउँछिन, कराउँछिन र फेरी मरीसकेको आसलाइ ब्युताउँदै घटना बाहिर आउँछ । फेरी तीनै झन्डे, झोले र ठेकेदारहरु जम्मा हुन्छन । यस पटक चैँ अलि लचीलो हुँदै हैन यसलाइ त कार्बाहि गर्नुपर्छ , अबदेखी यस्तो गर्ने की नगर्ने, के गर्नु उजुरी त गर्नुहुन्थ्यो नी, भोली नानीको इज्जतको पनी सवाल छ भन्दै बारम्बार आफुलाइ अधिकारकर्मी र बौद्धिक बर्गको रुपमा स्वघोषना गरीरहन्छन ।
घटना ३ः मैले फलानोलाइ बाइकमा लीफ्ट मागेँ । चीनेकै गाउँको हो । उसले एकान्तमा लगेर मलाइ जबरजस्ती मेरो स्तन छुने , गाला सुमसुम्याउन थाल्यो । मेरो भोगाइमा यो बलत्कारको आशय थियो । तर प्रतिकार गरेर म बच्न सफल भएँ । आफुलाइ परेको पीडा र अन्याय सहन नसकी समाजले मेरो यौनीमा थमाइदिएको कथित इज्जतको पनी प्रबाह नगरी परीवार र समाजमा आफ्नो कुरा राखेँ । झन्डे, झोले बुद्धिजिबीहरुले त मैले त्यो केटालाइ फसाउन, पैसा हात पार्न नाटक गरेको पो भन्न लागे । अझ मैले लीफ्ट माग्नुलाइनै त्यस्तो घटना हुन गएको भन्न लागे । मेरो अरु संगपनि सम्बन्ध हुन सक्ने भन्दै अड्कल लाउन थाले । मँ अचम्म परेँ । कोहिसंग म सम्बन्धमा छु भने अरु कसैले पनी मलाइ बलत्कार गर्न पाउँछ ? आफुलाई इच्छा नहुदा त सम्बन्ध मा भएको ब्यक्तिले पनि मेरो इच्छा बिपरित सम्बन्ध राख्न नपाउनु पर्ने हो । यति मात्र नभएर ठाउँठाउँका सबै झोले झन्डेहरुले पनी मलाइ केश फाइल नगर्न दबाब र धम्की दिइरहे । अगाडी त बढिरहेको छु तर राज्यशाक्तिको आडमा गरिएको मेरो शरीरमाथिको नियन्त्रणलाइ तितरबितर पार्न सक्छु की सक्दीन । न म नै उनीहरुको दबाबमा आएर केशलाइ होस्टाइल पो बनाउँछु की ? सामाजिक दबाब यतिसम्म खतरनाक हुदोरहेछ । अनि यो पनी सोच्छु यदि उनीहरुको आफ्नै छोरी, बुहारी, श्रीमतीलाइ कसैले बलात्कार वा कोसीस गरेको भए के हुन्थ्यो होला ? हाम्रै झोले झन्डे हो भनेर छोडीदिन्थे ? के थाहा जे पनी हुन सक्थ्यो आफ्नै बाउले छोरी बलात्कार गर्ने समाजमा –एकजना प्रभावितको भनाइ
अगाडी त बढिरहेको छु तर राज्यशाक्तिको आडमा गरिएको मेरो शरीरमाथिको नियन्त्रणलाइ तितरबितर पार्न सक्छु की सक्दीन । न म नै उनीहरुको दबाबमा आएर केशलाइ होस्टाइल पो बनाउँछु की ?
घटना ४ः
एकजना महिला आफुलाइ बलत्कार भएको तर गाउँमै रु ३००० मा मीलापत्र गराएको भन्न थालिन । त्यो मीलापत्र आफुलाइ दबाबमा गर्न लगाएको, चित्त नबुझेको त्यसैले अदालती प्रकृयामा जाने भनी निर्णय गरिन । तर गाउबाट बाहिर नीस्कीसकेपछि उनलाइ नीरन्तर धम्की र दबाब स्वरुप फोन आइरह्यो । खै एक भोटमा पनी शक्ति हुदोरहेछ, त्यहि भोटले गर्दा त्यो केटालाइ संरक्षण गर्न ठुलाठालु लागिपरेका छन –उनको भनाइ ) केहि दिनपछी हल्ला सुनीयो पैसामा मिल्यो रे । अनी चीया गफ हुन लाग्यो , त्यही आइमाइ नै त्यस्ति, नत्र पैसामा मिल्थी त ? धन्न पुरुष हिंसा भएन ।
यी त केहि प्रतिनीधि पात्र मात्रै हुन । जुन घटना गर्भमै तुहाइयो अथबा तुहाउने क्रममा छ । राजनीतिक शक्ति र एक भोटले महिलाको यौनी र यौनीकता माथी नियन्त्रण गरीएको यी ज्वलन्त उदाहरण हुन । तथ्याकंले गत चैत्र यता १२२१ वटा बलत्कारको घटना दर्ता भएको देखाउँछ । तर राजनीतीक दवाबमा माथी उल्लेखीत जस्ता घटनाहरु दर्ता नहुँदै दबाइन्छ जसको कुनै तथ्याङ्क छैन ।
किन हुन्छ यस्तो ?
महिलाको शरीरमाथि पीतृसत्ताको नियन्त्रण छ । पीतृसत्ताको प्रमुख हिमायती शासनसत्ता हो । उसले सामाजिक नीति नीयम बनाउछ, महिलालाको परीचय बनाउँछ, भोग्य वस्तुको रुपमा प्राकृतिकीकरण गर्दै आफुले भोग्न पाउने अधिकारको संस्कृति निर्माण गर्छ र उसको इज्जत र कमजोरी पक्ष भन्दै योनीमा लगेर थन्क्याइदिन्छ । यस्ता संस्कारहरुको जगेर्ना गर्न महिलालाइ पनी परीचालन गरीन्छ । यो गर्न जरुरी पनी देख्छ राज्यले कीनभने आफुले सासन गर्न उसैले शासीत बर्गलाइ पनी बचाइराख्नुपर्छ । र यो बर्गलाइ एकताबद्ध हुन नदिन त्यहि भित्र पनी आफ्नो अनुकुलतामा एउटा समुहलाइ मीनी शासक बनाउँछ । त्यसको ज्वलन्त उदाहरण आफुलाइ अधिकारर्की भन्न लाज नमान्नेहरु पनी पीडकको पक्षामा खुल्लमखुल्ला वकालत गर्दै हिँड्ने र प्रभावितको चरीत्र र आचरणमा प्रस्न गर्ने गरेको देखीन्छ ।
शासनसत्ताले आफुलाइ टीकाइराख्न दल र कार्यकर्तालाइ परीचालन गरेको छ । हेर्दा के हो के जस्तो लाग्छ । तर बिचार गरौँ पीतृसत्ताले आफ्नो शासनसत्ता कायम नै गर्न महिलाको शरीर अझ भनौ उसको योनीलाइ नियन्त्रण मै राखीराख्ने हो । त्यो नियन्त्रीत हुन सकेन भने उसको वंश कायम हुदैन, उसले आफ्नो सम्पती ठानेको महिलाको शरीरलाइ भोगचलन गर्न पाएन भने उसको इगो हर्ट हुन्छ । त्यसैले बारम्बार आफ्नो पुरुषार्थको पुष्टि गर्न उ लागिपर्छ । यो पुष्टि गर्ने क्रममा फेरी जाती, वर्ग र क्षेत्रको आधारमा पनी कुन महिलाको शरीरमाथी कतीको शक्ति प्रयोग गर्ने भन्ने पनी निर्धारण हुने रहेछ ।
शासनसत्ताले आफुलाइ टीकाइराख्न दल र कार्यकर्तालाइ परीचालन गरेको छ । हेर्दा के हो के जस्तो लाग्छ । तर बिचार गरौ पीतृसत्ताले आफ्नो शासनसत्ता कायम नै गर्न महिलाको शरीर अझ भनौ उसको योनीलाइ नियन्त्रण मै राखीराखेको हो ।
कार्यकर्ताहरुले किन यस्तो घटनालाइ बाहिर आउन खोज्दा हस्तक्ष्ोप गर्छन ? प्रत्येक ब्यक्तिलाइ स्वतन्त्र रुपमा न्यायीक प्रकृया छनौट गर्ने अधिकार छ । तर शक्तिको आडमा कसैलाइ संरक्षण गर्ने र कसैको अधिकार हनन गर्ने अधिकार हामीलाइ कसले दियो ? मानीस आफ्नो बिज्ञ स्वयम आफै हुन्छ । उसको भोगाइ कस्तो थियो, मीठो थियो की हिंसात्मक भन्ने पनी उसको आफ्नै महसुस हो । त्यसैले एक भोटको लागि, अथबा आफ्नो स्वार्थ पुर्तीका लागि राजनीतीक शक्तिको आडमा बलात्कार र अन्य यौन हिंसा जस्तो जघन्य अपराधमा कसरी पीडकको पक्षामा बोल्न सकीन्छ ? घटना साँच्चै घटेको हो अथवा बनिबनाउ भन्ने कोरो त प्रहरीको अनुसन्धानको आधारमा अदालतले नीर्णय गर्ने बिषय हो । तर अनुसन्धानलाइ नै अप्ठेरो बनाउने, घटना बाहिर नै नीस्कन नदिनेहरुले एकपटक आँखा चीम्म गरेर सोच्नुपर्छ त्यो महिलाको ठाउँमा आफ्नो सबैभन्दा प्रिय पात्र भएको भए के हुन्थ्यो । अझ जनप्रतिनीधिहरुले त जनताले तिरेको करबाट आफ्नो तलब खाएर, चुनाव मार्फत, आश्वासन दिएर जनमत लीएर यस्ता हर्कतमा संलग्न हुनु, मीलापत्र गराउनु भनेको त झन ठुलो अपराध हो, दण्डहिनताको अवस्था पनी हो ।
सबै राजनीतीक दलका नेतृत्व पंतीलाइ प्रश्न, के यस्तै हर्कत गर्दै अर्को चुनावमा पनी महिलाको अगाडि उपस्थीत भइ भोट माग्न सक्नुहुन्छ ? की अबको चुनाबमा महिलाको भोटको आवश्यकता छैन ? आफ्नो घोषणा पत्र हेर्नुस र तपाई र तपाईका कार्यकर्ताहरुले पीडककै पक्षमा बोल्ने र काम गर्ने हो भने पनी जनतालाइ लीखीत रुपमा जानकारी गरनउनुस । महिलाले नै दिएको भोटको आडमा सत्तामा पुग्ने अनि त्यहि शक्तिको दुरुपयोग गर्दै उनीहरुको यौनी माथी शासन जमाउने शक्ति धेरै दिन नटीक्ला । आफ्ना कार्यकर्तालाइ प्रसीक्षण दिदा यी बिषयलाइ पनी महत्वका साथ छलफल गर्दा राम्रो । नभए त बिनास काले बिपरीत बुद्धि ।
Remarkable! Its in fact amazing article, I have got much clear
idea on the topic of from this paragraph.
उत्कृष्ट लाग्यो !
Proud of you sir 🙏💐🇳🇵💌🇯🇵