डिसेम्बर 24, 2024

पालिकामा महेन्द्र नारायण निधि स्मृति प्रतिस्ठानको निःशुल्क स्वास्थ्य शिविर सयकंडोले उठाए स्वास्थ्यलाभ

 749,604 total views,  23 views today

महेन्द्र नारायण निधि स्मृति प्रतिस्ठान

महेन्द्र नारायण निधि स्मृति प्रतिस्ठानको निःशुल्क स्वास्थ्य शिविर सयकंडोले उठाए स्वास्थ्यलाभ

धनुषा, असोज १८ गते ।

महेन्द्र नारायण निधि स्मृति प्रतिस्ठानले आज धनुषाको मुखियापट्टी मुसहरनिया गाउपालिकामा निशुल्क स्वास्थ्य शिविर र औषधी वितरण गरेको छ ।

प्रतिस्ठानको आयोजनमा कोभिड-१९ क्विक रेस्पोन्स टिमद्वारा मुखियापट्टी मुसहरनिया-४ कोलहुवा मा. वि.मा निशुल्क स्वास्थ शिविरमा पालिकाका ६ सय भन्दा बढि व्यक्तिहरु स्वास्थ्यलाभ उठाएको टीमका एक सदश्य राकेश विक्रम साहले बताए ।

पालिकामा झन्डै एक दर्जन डॉक्टरको समूह जनकपुरबाट आएर नि:शुल्क ऊपचार र परामर्श दीदा आम स्थानीय पालिका वासिलाई प्रत्यक्ष लाभ भएको स्थानीय जगदीश यादवको प्रतिक्रिया छ ।

प्रतिस्ठान र क्विक रेस्पॉन्स टीमले संचालन गरेको शिविरमा महिला तथा प्रशुति रोग विशेसज्ञ, जेनरल फिजिसियन, मेडिसिन र दांत, कान नाकका डॉक्टरहरु समेत पुगेका थिए । प्रतिस्ठान यस अघि जनकपुरधाम उप महागर पालिकाको बिभिन्न वार्डहरुमा निशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गर्दै आएको छ ।

शिविर संचालन हुंदै गर्दा नेपाली कांग्रेस बाट प्रदेश २ सभामा प्रतिनिधित्व गर्दै आएका संसदीय दलका नेता राम सरोज यादब , स्कुल अफ डेमोक्रेसी कोभिड-१९ क्विक रेस्पोन्स टिमका ब्यवस्थापन समितिका सदस्यहरु मनोज साह, जिबनाथ चौधरी, निर्मल चौधरी, शम्भु साह, अखिल मढी, राहुल मिश्रा, गोबिन्द राय चन्दन , रमेश यादव, अविनास सिंह राजपुत, सत्यम सिंह, सम्झना वर्मा, माया साह, अमित पाठक, बलराम गुप्ता, बलराम साह, आनन्द दास, दिपक गुप्ता, मो.सरताज लगायतकाहरुको सहभागिता रहेको थियो ।

कोको थिए डॉक्टरहरु :

डा.एस.के. सिंह, डा.अजय यादव, डा.कृष्णा कुमार यादव, डा.अश्विनी झा, डा.पूर्णप्रताप साह, डा.सज्जन ठाकुर, डा.अमिय साह, डा.अमित यादव, डा.राहुल यादव, डा.अनिल चौधरी, डा.विपिन यादव, डा.हेमन्त शर्मा, डा.कुमार सम्भव, डा.कुशेश्वर यादव, डा.विजय साह, डा.अभजित साह, डा.मेघा साह, डा.मनिषा भारद्धाज, डा.अनिल कुमार साह, डा.राजु साह, डा.रमेश कुमार यादव, डा.रासबिहारी यादव, डा.सुबेश यादव, डा.अनिल कुमार साह तथा पारामेडिक्सहरु सुमन कुमार ठाकुर, घनश्याम झा राजु, छोटुबाबु यादव, संतोष यादव, दिपक यादव, अजय कुमार यादव, सत्रुधन राय, रमेश सिंह, जिवछ साह तथा ल्याबका मुकेश सिंह, रुपेश नारायण महतोलगायतकाहरुले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।