डिसेम्बर 23, 2024

दाहाल-नेपाल समूहले गर्‍यो संसद् बैठक बहिष्कार

 749,136 total views,  87 views today

२३ फागुन २०७७, बानेश्वर

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहकाले संसद् बैठक बहिष्कार गरेरकाे छ । सरकारले असंवैधानिक रुपमा ल्याएको अध्यादेश पारित गर्न खोजेकाे अाराेपसहित संसद् बैठक बहिष्कार गरेको हाे ।

अलोकतान्त्रिक सरकारले ल्याएको अध्यादेशको विरोधमा बहिष्कार गरेका दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले बताए ।

उनले आजको सर्वोच्च अदालतको आदेशले यो कसको सरकार हो भन्ने अन्योल उत्पन्न भएको बताए।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश दिएको छ।