अप्रिल 16, 2025

नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं अाइपुगे

 765,450 total views,  183 views today

२१ फागुन २०७७, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेर सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। बिहान नवलपरासीबाट गाडीमा हिँडेका उनी केही बेरअघि काठमाडौं आइपुगेका हुन्।

विप्लवले बालुवाटारमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री एवम् सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापासँग भेट गर्ने कार्यक्रम रहेको उच्च सुरक्षा स्रोतले बतायो। गृहमन्त्री थापा पनि केहीबेर अघि बालुवाटर प्रवेश गरेका छन्।

प्रधानमन्त्री ओली र विप्लवबीच राजनीति घटनाक्रम लगायतका बारेमा छलफल हुनेछ। त्यसपछि उनीहरु राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा एकसाथ सहभागी हुनेछन्। त्यहाँ दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ भने दुवैले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।