डिसेम्बर 23, 2024

सर्वोच्च अदालतको निर्णयलाई सरकारले सम्मानपूर्वक लिएको छ : पार्वत गुरुङले

 749,225 total views,  176 views today

सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको निर्णयलाई सरकारले सम्मानपूर्वक लिएको बताएका छन् ।

उनले फागुन २३ मा प्रतिनिधिसभाको अधिवेशन आह्वान भइसकेको हुदाँ त्यहिबाट निकास निक्लानमा जाेड दिए ।

“संसदीय प्रक्रियाबाटै प्रधानमन्त्रीका बारेमा निर्णय होला।” उनले भने, “संसद अधिवेशनको आह्वान भइसकेको छ अब त्यहाँबाटै निकास हुन्छ ।”

प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको फैसलाले नै राजीनामा दिनबाट रोकेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उनले सर्वोच्चको फैसलाले राजीनामा दिनबाट रोकेकाले अहिले प्रधानमन्त्रीले राजीनामा नदिने बताए।

नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरो उठाइरहेकाहरुले आफू कुन नैतिकताको धरातलमा उभिएको छु भनेर हेर्नुपर्ने उनको भनाइ छ।

‘नैतिकताको पाठ सिकाउनेहरुले कुन नैतिकताको धरातलमा उभिएको छु भनेर फर्केर हेर्ने हो भने राजनीतिबाटै उनीहरुले सन्यास लिए हुन्छ,’उनले भने, ‘अहिलेको संकटमा मैदान खाली गरेर मुलुकलाई अलपत्र पार्ने काम गर्नु हुनेछैन।’