749,662 total views, 81 views today
१६ फागुन २०७७, काठमाडौं
अदालतलाई धम्की दिएकाे भन्ने दाबी झुटाे भएकाे भन्दै नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा आज लिखित जवाफ दिएका छन्।
जवाफमा उनले अदालतकाे अवहेलना नभएकाे र अदालतलाई धम्की दिएकाे भन्ने दाबी झुटाे भएकाे बताए।
अधिवक्ता समीर हायूले सर्वोच्च अदालतमा दाहालविरुद्ध दिएको अवहेलना मुद्दामा अदालतले लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश गरेको थियो।
प्रतिनिधि सभा विघटनबारे परेका रिटमाथि सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइलाई प्रभावित गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता हायूले रिट हालेका थिए।
माघ १६ मा विराटनगरमा भएको विरोधसभामा बोल्दै आवश्यक परेमा विघटित संघीय संसद् बैठक बोलाउने बताएका थिए।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई