749,607 total views, 26 views today
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो । ‘एजेन्डा भनिएको छैन’, ती मन्त्रीले भने, ‘साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।’
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठकले बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको ती मन्त्री बताउनु भयो । अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई