अप्रिल 12, 2025

प्रधानमन्त्री केपी शर्मा अाेलीले पद छाड्नु नै उपयुक्त हुने देउवाकाे भनाई

 764,995 total views,  306 views today

१२ फागुन २०७७, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा अाेलीले राजिनामा दिनुपर्ने बताएका छन् ।

महेन्द्र नारायण निधिकाे ९९ साैं जन्मजयन्तिकाे अबसरमा काठमाडौंमा अायाेजित गाेष्ठीमा बाेल्दै सभापति देउवाले सर्वोच्च अदालतकाे निर्णयपछि अाेलीले पद छाड्नु नै उपयुक्त भएकाे बताएका हुन् ।

यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानकाे रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसलाई अाएकाे बताए ।

“संसदकाे माैदनमा जिम्मेवारीपूर्ण भूमिका निर्भाह गरेर संघिय लाेकतन्त्रिक गणतन्त्र, शासन प्रणाली र संविधानकाे रक्षा गर्नुपर्छ” उनले भने ।

संविधान लिकमा अाएता पनि फेरि संसद भंग गर्न खाेज्नेहरूकै हातमा दिने कि जाेगाउनेहरूकाे हातमा दिने जिम्मेवारी अाएकाे भन्दै जाेगाउनेकाे हातमा दिनुपर्नेमा निधिले जाेड दिए ।