749,516 total views, 467 views today
१२ फागुन, काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएकाे छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा क्षमापूजा गरेपछि मूल मन्दिरका भट्ट, पुजारी तथा कालिगढले जलहरी राखेका हुन् ।
तर, सर्वोच्चअदालतले भने सुनको जलहरी नलगाउन आजै अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुठी संस्थान र पुरातत्व विभागविरुद्ध फरक–फरक दुईवटा रिट दायर गराएका थिए । युनेस्को र प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत जलहरी राख्ने निर्णय गरिएको भन्दै रिट दायर गराएका हुन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पुरानो चाँदीको जलहरी खिइँदै गएकाले जलहरीबाट फोहोर निकालेर त्यसैमा सुनको जलहरी राखेको बताए । उनले चाँदीको जलहरी नहटाई त्यसैमा सुुनको जलहरी राखेकाले पुरानो सम्पदा नमासेको जिकिर गरे ।
‘‘गर्भगृहमा राखिएको जलहरीमा एक सय चार किलोको सुन किनिएको र बाँकी चार किलो तामा धातु मिसाइएको छ । तामा धातुले सुनको जलहरी बलियो हुन्छ । त्यसैअनुसार सेनाको सुरक्षामा मूल भट्ट, पुजारी र कालिगढले जलहरी राखेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन किन्न सरकारबाट ३० करोड दिएका हुन् । बाँकी ६० करोड कोषले खर्च गरेको छ । सबै गरेर कोषले एक अर्ब आठ करोड खर्च गरेको छ,” उनले भने ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान