अप्रिल 18, 2025

अब नेकपाको एकताका लागि सक्रिय हुनुपर्ने स्थिति आएको छ : बामदेव गाैतम

 765,963 total views,  76 views today

१२ फागुन २०७७, काठमाडौं

काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका नेकपा ( नेकपा ) का उपाध्यक्ष बामदेव गाैतमले पार्टी एकताकाे प्रश्न ज्यूँका त्यूँ रहेता पनि अाफूहरूकाे काँधमा गम्भीर खालकाे जिम्मेवारी अाएकाे बताएका हुन् ।

‘हाम्रो काँधमा गम्भीर खालको जिम्मेवारी आएको छ,’ उनले भने, ‘अब पार्टी एकताको पक्षमा माहोल बढ्दै-बढ्दै जाँदैछ, पार्टी एकता हुनुपर्छ ।’

नेता गौतमले अब नेकपाको एकताका लागि सक्रिय हुनुपर्ने स्थिति आएको बताए।

संवैधानिक इजलासले गरेको निर्णयले सबै खुसी भएका बेला केपी ओली र उनीसँग आवद्ध व्यक्तिहरू भने चिन्तित भएको गौतम बताउँछन्। ‘केपी ओलीसँग आवद्ध सबै साथीहरू संसद् भंगको पक्षमा हुनुहुन्थेन,’ उनी भन्छन्, ‘तर, केपी ओलीको पक्षमा लागेर असंवैधानिक कदमलाई पनि संवैधानिक हो भनेर लाग्नु भयो। अहिले उहाँहरूलाई के भन्ने भइरहेको छ।’

यस्तै उनले प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताए।

‘केपी ओलीले अहिलेसम्म आत्मआलोचना गरेको थाहा छैन, यसपटक हेर्नुपर्ने छ,’ उनले भने, ‘यदि आत्मआलोचना गर्नु भयो भने कम्युनिष्ट हुन थाल्नुभयो भन्नुपर्छ नत्र अलि–अलि भएको पनि सक्नुभयो भन्नुपर्छ।’