अप्रिल 18, 2025

प्रधानमन्त्रीले नागरिकसँग माफी माग्दै राजिनामा दिनुपर्ने मिलन पाण्डेकाे भनाई

 765,953 total views,  66 views today

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको मात्र नभएर युवाहरूमा गम्भीर नैराश्यता पनि उब्जिएको भन्दै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले अब नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्ने बताएका छन्।

विभिन्न जिल्लाका काठमाडौंमा पढ्दै गरेका युवाहरूसँग अन्तरक्रिया गर्दै नेता पाण्डेले देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै रहेको बताएका हुन्।

कामचलाउ सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेर बदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको पाण्डेले बताए।

पाण्डेले २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र अहिलेका पुस्ताका नेतृत्वले झुक्याएको आरोप पनि लगाए।