749,870 total views, 289 views today
९ फागुन २०७७, काठमाडौं
नेन्द्र विक्रम चन्द ‘विप्लव’ समूहले अाफूहरू सरकारसँग वार्ता गर्न तयार रहेकाे बताएकाे छ । शनीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले अाफूहरू संवाद र वार्ताका लागि सकारात्मक रहेकाे जनाएकाे हाे ।
विज्ञप्तिमा अाफूहरूले गरेकाे क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायकाे हित र अधिकारकाे लागि गरिएकाे सचेत पहल रहेकाे उल्लेख गरिएकाे छ ।
‘यसकाे प्रक्रियामा अाम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्राे पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेकाे विषय सबैमा जानकारी गराउदछाैं ।’ विज्ञप्तिमा जनाइएकाे छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा अाेली नेतृत्वकै सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वकाे नेकपाकाे गतिविधि अपराधीकरणतर्फ उन्मुख रहेकाे निष्कर्षसहित प्रतिबन्ध लगाएकाे थियाे ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई