डिसेम्बर 24, 2024

प्रधानमन्त्री जनसभालाई सम्बाेधन गर्न विराटनगर जाँदै

 749,799 total views,  218 views today

८ फागुन २०७७, विराटनगर

आज प्रधानमन्त्री केपी शर्मा अाेली नेतृत्वको नेकपाले विराटनगरमा जनसभा गर्नेभएकाे छ । प्रदेश १ स्तरीय जनसभालाई प्रधानमन्त्री अाेली स्वयमले सम्बाेधन गर्न लागेकाे बताइएकाेछ ।

विहान ११ बजे विराटनगर पुगेर उनले सभालाई सम्बोधन गर्दै अरु पनि कार्यक्रममा सहभागी हुने नेकपा ओली समूहका केन्द्रीय सदस्य विनोद ढकालले बताए।

जनसभाका लागि कार्यक्रमस्थल सिङ्गार्नेदेखि सुरक्षा व्यवस्थालगायतका आवश्यक तयारी पुरा भएको ढकालको भनाइ छ।

ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। दाहाल–नेपाल नेतृत्वको नेकपा समूह ओली कदमकाे बिरोधमा छ। उसले प्रतिनिधिसभा पुर्नस्थापनको माग गरिरहेको छ भने ओली समूहले प्रतिनिधिसभा विघटनको कारण र औचित्य पुष्टि गर्न सभा, सम्मेलन गर्दै आएको छ।