749,768 total views, 187 views today
७ फागुन २०७७, सानेपा
प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शभकामाना दिएका छन् । लिखित विज्ञप्ति जारी गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, “फागुन ७ गते नेपाली कांग्रेसकाे नेतृत्वमा नेपालकाे अाधुनिक इतिहासकाे प्रारम्भ भएकाे गराैवमय दिनका अवसरमा म समस्त नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
देउवाले ७० वर्ष अघि २००७ काे कार्तिक २६ देखि प्रारम्भ एेतिहासिक जन-क्रान्तिकाे यसै दिन १०४ वर्षकाे एकतन्त्रिय निरंकुश राणा शासनलाई देशमा प्रजातन्त्र स्थपना गरेकाे भन्दै उक्त क्रान्तिले राजनैतिक मात्र नभई अार्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा समेत अग्रगामी परिवर्तनकाे मार्ग प्रसस्त गरेकाे विचार व्यक्त गरे ।
विज्ञप्तिमा देउवाले २०४६ सालकाे परिवर्तन र २०६२/६३ काे अान्दोलनकाे जननी फागुन ७ काे त्यहि क्रान्ति भएकाे बताएका छन् ।
“समृद्धिकाे सपना, समावेशीताकाे जग, राष्ट्रियता र प्रजातन्त्रकाे अन्याेन्याश्रीत सम्बन्ध हुँदै २०४६ काे परिवर्तन र २०६२/२०६३ काे अन्दाेलन मार्फत संघीयता र गणतन्त्र सम्मकाे यात्राकाे जननी त्यही फागुन ७ काे क्रान्तिनै हाे ।” उनले भने, “अतः एेतिहासिक त्याे घडी संभव तुल्याउने सहिदहरू एंव जननायक बीपी काेइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान व्यक्त गर्दछु ।”
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई