डिसेम्बर 24, 2024

नेकपा दाहाल-नेपाल समूहले अाज काठमाडौंको टुँडिखेलमा विराेध प्रदर्शन गर्दै

 749,888 total views,  307 views today

६ फागुन २०७७, काठमाडौं

नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंको टुँडिखेल वरीपरि मानव साङ्लो बनाएर प्रदर्शन गर्ने भएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन, असंवैधानिक बाटोबाट संवैधानिक निकायको नियुक्ति, भ्रष्टाचार र महंगीको विराधमा प्रदर्शन गर्न लागिएको हो।

सरकारको विरोधमा दिउँसो ४ बजे एक घन्टा मानव साङ्लो बनाएर प्रदर्शन गरिने नेकपा दाहाल–नेपाल समूहले जनाएको छ।

दाहाल–नेपाल समूहले शुक्रबार देशव्यापी सबै पालिकाका वडावडामा विरोध कार्यक्रम गर्ने पनि जनाएको छ। फागुन ७ देखि १५ सम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।