अप्रिल 12, 2025

पछिल्लो २४ घण्टामा देशभर थपिए १०५ काेराेना सङ्क्रमित

 764,951 total views,  262 views today

४ फागुन २०७७, काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ ।

सोही अवधिमा देशभरबाट थप ९९ जना संक्रमणमुक्त भएका छन्। यससँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ।

सोमबार देशभर सक्रिय संक्रमितको संख्या एक हजार ५८७ छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म दुई हजार ५५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।