डिसेम्बर 24, 2024

पहिलो प्राथमिकताको दोस्रो चरणको काेराेना खोप अाजबाट सुरू

 749,650 total views,  69 views today

२ फागुन २०७७, काठमाडौं

गत माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको सरकारले आजदेखि पहिलो प्राथमिकताको दोस्रो चरणको खोप सुरु गर्दैछ।

दाेस्राे चरणकाे याे अवधिमा सरकारी कर्मचारीलाई खोप दिनेछ भने स्थानीय तहका जनप्रतिनिधिदेखि फ्रन्टलाइनर कर्मचारीले खोप दिइने सरकारकाे याेजना रहेकाे छ ।

फागुन ८ गतेसम्मका लागि तय गरिएको यो चरणमा तीन लाख व्यक्तिलाई खोप दिने योजना छ।

यसअघि स्वास्थ्यकर्मी, सफाइकर्मी, वृद्धाश्रम र जेलमा रहेका व्यक्तिहरूलाई खोप दिइएको थियो।

यस्तै काठमाडौं उपत्यकामा पत्रकार, कूटनीतिक नियोग, यूएन एजेन्सीका कर्मचारीलाई पनि खोप दिने व्यवस्था मिलाइएको थियो।

स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबारसम्म करिब एक लाख ९० हजार व्यक्तिले खोप पाएका छन्।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि, जिल्लास्तरीय सबै सरकारी कार्यलयका कर्मचारीहरूले आजदेखि खोप पाउनेछन्।

यस्तै जिल्लास्तरीय सार्वजनिक संस्थान र बैंकका कर्मचारी, जिल्ला भित्रका पत्रकारहरूलाई पनि खोप दिइँदै छ।